दफा १२६
कैद वा थुनामा परेको पक्ष वा साक्षीलाई उपस्थित गराउनु पर्ने
(१) मुद्दाको कुनै पक्ष वा साक्षी कैद वा थुनामा रहेको भए निजको बयान वा वकपत्र गराउनको लागि वा निजसँग सम्बद्ध भएको अन्य मुद्दामा निजलाई उपस्थित गराउनु पर्ने भए त्यसको लागि तोकिएको तारिखको दिन निजलाई उपस्थित गराउन कारण खोली अदालतले सम्बन्धित कार्यालयलाई आदेश दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश प्राप्त भएपछि सम्बन्धित कार्यालयले सुरक्षाकर्मीको साथ लगाई त्यस्तो पक्ष वा साक्षीलाई अदालतमा उपस्थित गराउनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो पक्ष वा साक्षीलाई सुरक्षाको कारणले वा शारीरिक अशक्तताको कारणले अदालत समक्ष उपस्थित गराउन नसकिने मनासिब कारण भए त्यस्तो कार्यालयले अदालतको अनुमति लिई श्रव्य दृष्य सम्वाद (भिडियो कन्फरेन्स) मार्फत निजलाई बुझ्ने व्यवस्था गर्न सक्नेछ ।
(४) मुद्दाको कुनै पक्ष वा साक्षीलाई उपदफा (३) बमोजिम श्रव्य दृष्य सम्वाद (भिडियो कन्फरेन्स) मार्पmत बुिझएकोमा निजले भनेको कुरा अभिलेख राख्नु पर्नेछ ।